Logo
Logo

पत्रकार महासंघलाई एक लाख एक हजार सहयोग



बागलुङ । नेपाल पत्रकार महाससङ्घ बागलुङ शाखाको भवन निर्माणका लागि चलाइएको अभियानमा सहयोग रकम थप भएको छ । सुविधासम्पन्न सभाहलसहित दुईतले पक्की भवन निर्माणमा लागेको महासङ्घको अभियानमा इमेज बचत तथा ऋण सहकारी संस्थाले रु एक लाख एक हजार सहयोग प्रदान गरेको हो ।

बुधबार महासंघ भवनमा आयोजित कार्यक्रमा उक्त संस्थाका अध्यक्ष एवं ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले उक्त रकमको चेक महासङ्घका अध्यक्ष दिल शिरीषलाई हस्तान्तरण गरेका थिए । उनले यसअघि आफ्ना व्यक्तिगत तर्फबाट रु एक लाख ११ हजार १११ प्रदान गरेका थिए ।

महासंघले यसअघि हामी सबैको रहर, पत्रकार महासंघ बागलुङको घर अभियान क्रममा रु ७० लाखभन्दा बढी रकम सङ्कलन गरेको थियो । भवन निर्माणका लागि अपुग रकम स्थानीय तहसहित सामाजिक सङ्घसंस्था र व्यक्तिबाट सङ्कलन गरिने महासङ्घका अध्यक्ष शिरीषले बताए ।

मृतक परिवारलाई राहत

बागलुङ जिल्लाको ताराखोला गाउँपालिका–४ तारामा मङ्गलबार भएको आगलागीमा परी मृत्यु भएका तीन बालबालिकाका परिवारलाई जिल्ला प्रशासन कार्यालयले राहत उपलब्ध गराएको छ ।

जिल्ला दैवी प्रकोप समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलले मृतक बालबालिकाका अभिभावकलाई बुधबार जिल्ला प्रशासन कार्यालयका तर्फबाट जनही रु एक लाखका दरले रू तीनलाख र गोठधनीलाई रु आठ हजार राहत रकम प्रदान गर्नुभएको थियो । उनले समाजमा हुनसक्ने यस्ता खालका घटना न्यूनीकरण गर्न बालबालिकालाई पनि सचेत गराउनुपर्ने बताए । 

बालबालिका विद्यालयबाट छुटेर घर फर्कने क्रममा एक गोठको माथिल्लो तलामा गई आगो ताप्न लाग्दा आगलागी भइ स्थानीयवासी रुद्रबहादुर रोकाका छ वर्षीय रतिस रोका, डिलबहादुर घर्तीका छ वर्षया छोरी ऋतु घर्ती र चार वर्षीय छोरा आयुस घर्तीको मृत्यु भएको थियो । (रासस)

प्रतिक्रिया दिनुहोस्