Logo
Logo

विमानस्थलमा ७४ हजार डलरसहित थाइ नागरिक पक्राउ




काठमाडौं । स्रोत नखुलेको विदेशी मुद्रासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थाई नागरिक पक्राउ परेका छन् । दुबइ जान लागेका ३८ वर्षिय पोङफोङ सिनसुवाङलाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।


उनीसँग ५८ हजार चार सय अष्ट्रेलियन डलर र १५ हजार सात सय अमेरिकी डलर प्रहरीले बरामद गरेको छ । बरामद डलरसहित थप अनुसन्धानका लागि प्रहरीले उनलाई राजश्व अनुसन्धान विभागमा बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्