Logo
Logo

एकैदिनमा १ हजार ५०० जनालाई डेंगु संक्रमण



काठमाडौं । नेपालमा एकैदिनमा १ हजार ५०० भन्दाबढी संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म २४ हजार ४९२ जनामा डेंगु पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म डेंगु संक्रमणका कारण २९ जनाको मृत्यु भएको छ । अहिलेसम्म सबैभन्दा बागमती प्रदेशमा १९ हजार, लुम्बिनी प्रदेशमा २ हजार ८७२, सुदूरपश्चिममा ७७७, प्रदेश १ मा ७५३, गण्डकीमा ५३७, मधेशमा ३२३ र कर्णालीमा २३० जनामा डेंगु संक्रमण भएको मन्त्रालयले जनाएको छ ।

देशभरका ७६ जिल्लामा डेंगु संक्रमण फैलिएकाले यसलाई ‘प्रकोप’ घोषणा गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्