Logo
Logo

सभामुखको वैधतामाथि प्रश्न गर्दै राष्ट्रियसभा अध्यक्षले लेखे पत्र



काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सभामुखको पदावधि र हैसियतमा गरेका निर्णयहरुमाथि प्रश्न उठाएका छन् ।

आइतबार संघीय संसद सचिवालयका महासचिवलाई पत्र लेख्दै अध्यक्ष तिमल्सिनाले सभामुख अग्नि प्रसाद सापकोटाले असोज ५ मा सभामुखको हैसियतमा गरेको निर्णय कार्यान्वयन नगराउन निर्देश गरेका छन् ।

असोज ५ गते सभामुख सापकोटाको अध्यक्षमा बसेको व्यवस्थापन समितिको बैठकले गत पुसदेखि संसद सचिवालयमा हाजिर भएर काम गरिरहेका उपसचिवहरु सुशीला आचार्य र नुमराज खनालको नाम अनुमोदन गरेको थियो ।

पत्रमा भनिएको छ, ‘…मिति २०७९/०६/०५ गते दिनको १.०० बजे संघीय संसद सचिवालयको सचिवालय तथा वस्थापन समितिको बैठकले गरेका निर्णय कार्यान्वयन गर्न गराउन उपयुक्त नदेखिएको सम्माननीय अध्यक्षज्यूबाट निर्देश भएकाले सोही बमोजिम गर्नु गराउनु हुन निर्देशानुसार अनुरोध छ ।’

प्रतिक्रिया दिनुहोस्