Logo
Logo

सशस्त्र प्रहरीका कर्मचारीलाई दसैंमा निशुल्क बससेवा




काठमाडौं । सशस्त्र प्रहरी बलले आफ्ना कर्मचारीलाई दसैंमा निशुल्क बससेवा दिने भएको छ ।

१० असोजदेखि २३ असोजसम्म सञ्चालन हुने बससेवा सशस्त्र प्रहरीका परिवार तथा अवकाशप्राप्त सशस्त्र प्रहरी बलले समेत प्रयोग गर्न पाउने सशस्त्र प्रहरी बलले जनाएको छ । सशस्त्र प्रहरी कल्याण कोषमार्फत आफ्ना कर्मचारीलाई यस्तो सुविधा दिन लागिएको छ ।


पूर्वमा काठमाडौंदेखि काँकडभिट्टा तथा पश्चिममा काठमाडौंदेखि गड्डाचौकीसम्म निशुल्क बससेवा सञ्चालन हुनेभएको छ ।

प्रतिक्रिया दिनुहोस्