Logo
Logo

बेलायत जान चाहने नर्ससँग कसैले पैसा मागे तुरून्तै उजुरी दिनुस् : श्रम मन्त्रालय



काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नर्सहरूलाई बेलायत पठाउने बहानामा कसैले पैसा असुल्न खोजे वैदेशिक रोजगार विभाग वा प्रहरीमा तुरून्तै ठगी मुद्दा दर्ता गराउन आग्रह गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले बेलायतको राष्ट्रिय स्वास्थ्य सेवामा जान चाहने नर्ससँग पैसा असुल्न खोजे तुरून्तै ठगी मुद्दा दर्ता गर्न आग्रह गरेका छन् ।

शून्य शुल्कमा दुई सरकारबीच भएको सम्झौतामा अन्य कुनै एजेन्सीको भूमिका नहुने भन्दै मन्त्री कुँवरले कसैले प्रलोभनमा पारेर पैसा असुल्न खोजे उजुरी गर्न भनेका छन् ।

उनले सम्झौता कार्यान्वयनका निम्ति कार्यविधि बनाउने प्रक्रिया भइरहेको र यसमा तेस्रो पक्षको संलग्नता नहुने भन्दै कसैले पैसा लिन खोजे तुरून्तै विभागमा उजुरी दिन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्