Logo
Logo

मनास्लु हिमपहिरो अपडेट : १ जनाको मृत्यु, १५ जना घाइते



गोरखा । मनास्लु हिमालको आधार शिविरमा गएको हिमपहिरोमा परेर एक जनाको मृत्यु भएका छन् ।

प्रहरीका अनुसार हिमाल आरोहणका लागि बिदेशी पर्यटकसँगै गएका अनुप राईको मृत्यु भएको छ भने करिव १५ जना घाइते भएका छन् ।

चौथो बेसक्याम्पमा खसेको पहिरो तेस्रो बेसक्याम्पसम्म आइपुगेको छ । त्यही पहिरोमा उनीहरु परेको प्रहरीले जनाएको छ । मानवीय क्षतिबारे यकिन विवरण भने आइसकेको छैन ।

प्रहरीका अनुसार, गोरखाको सामागाउँबाट कैलाशको हेलिकप्टरले घाइते भएका डेन्जी शेर्पा र जीतबहादुर तामाङलाई काठमाडौं बुढानीलकण्ठमा रहेको करुणा अस्पतालमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्