Logo
Logo

लोकतन्त्रको मूल्यका लागि गठबन्धन आवश्यक छ : सामान्य प्रशासनमन्त्री



काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले गठबन्धनको राजनीति प्रारम्भ भएकाले संघीयले संस्थागत रुप लिन नसकेको टिप्पणी गरेका छन् । रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा उनले निर्वाचनमा अग्रगामी र परिवर्तनलाई रोक्न खोज्ने पक्षधरबीच संघर्ष हुने बताए ।

एक सय ६५ संघीय निर्वाचन क्षेत्रमध्ये गठबन्धनभित्र करिब १३५ वटा क्षेत्रमा सहमति गरिसकेका दाबी गर्दै मन्त्री श्रेष्ठले भने, ‘बाँकी ३० क्षेत्रमा पनि विस्तारै सहमति हुन्छ । प्रादेशिक निर्वाचन क्षेत्रबारे पनि कुरा भइरहेको छ । दसैँ अगाडि नै सबै कुरा टुङ्ग्याएर अगाडि बढ्ने जमर्को गरेका छौँ ।’ मुख्यतः सङ्गठनात्मक शक्ति र उम्मेदवारको व्यक्तित्वलाई मुख्य आधार मानेर गठबन्धनलाई अगाडि बढाउन खोजिएको उनले जानकारी दिए ।

मन्त्री श्रेष्ठले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मान्यताअनुसार देशलाई अगाडि बढाउनुपर्ने भए पनि पुरानो राज्ययन्त्रले त्यसलाई रोक्न खोजिरहेको टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्