Logo
Logo

दक्षिण कोरियामा ३६ हजारभन्दा बढी सङ्क्रमित



एजेन्सी । दक्षिण कोरियामा कोरोना भाइरसबाट थप ३६ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले मङगलबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा थप ३६ हजार एक सय ५९ सङ्क्रमित भएका हुन् ।

योसँगै दक्षिण कोरियामा अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या दुई करोड ४७ लाख नौ हजार सात सय ८९ पुगेको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । दैनिक सङ्क्रमितको सङ्ख्या एक दिनअघिको केही मात्रमा घटेको बताइएको छ । अघिल्लो दिन ३९ हजार चार सय २५ सङ्क्रमित भएका थिए । अघिल्लो हप्ता औसतमा दैनिक सङ्क्रमितको सङ्ख्या २९ हजार पाँच सय ६९ रहेको थियो ।

अहिले सङ्क्रमित अवस्थामै रहेकामध्ये तीन सय ७५ जना गम्भीर अवस्थामा रहेका छन् । यो सङ्ख्या भने अघिल्लो दिनको भन्दा २६ जनाले कम भएको छ ।दक्षिण कोरियामा कोरोनाका कारण पछिल्लो एक दिनमा ४६ जनाको मृत्यु भएको छ । योसँगै कोरियामा कोरानाका कारण कुल मृतकको सङ्ख्या २८ हजार तीन सय १८ पुगेको छ ।

विश्वका धेरै देशमा कोरोना भाइरसको महामारी अत्यन्त न्युन भइसक्दासमेत दक्षिण कोरियामा भने फैलिइरहेको छ । महामारी सुरु भएका बेला राम्रोसँग महामारी नियन्त्रण गरेको दक्षिण कोरिया अहिलेसम्म पूर्णरुपमा नियन्त्रण गर्न असफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्