Logo
Logo

गणेश तिमिल्सिनाद्वारा सम्मान प्रदान



काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले समाजका विभिन्न विधामा उल्लेख्य योगदान पु¥याउने व्यक्तिलाई सम्मान गरेका छन् ।

चन्द्रलोक प्रतिष्ठानद्वारा आज यहाँ आयोजित समारोहमा उनले न्युज अफ नेपालका सम्पादक तथा नेपाल समाचारपत्रका कार्यकारी सम्पादक दीपक रिजाललगायतका व्यक्तिलाई सम्मान गरेका हुन् । समारोहमा जनता टेलिभिजनका सम्पादक टङ्क पन्त, गोरखापत्र दैनिकका फोटो पत्रकार कविता थापाले पनि सम्मानित भए ।

कार्यक्रममा संस्थाका अध्यक्ष सीताराम कार्कीले विभिन्न क्षेत्रमा ख्याति कमाएका व्यक्तिलाई सम्मान गर्न पाएकोमा आफू हर्षित भएको बताए ।

प्रतिक्रिया दिनुहोस्