Logo
Logo

विशाल भट्टराईले गरे गाडी फिर्ता



काठमाडौं । नेकपा एमालेका नेता विशाल भट्टराईले सरकारी गाडी फिर्ता गरेका छन् । संसदको कार्यकाल सकिएसँगै भट्टराईले प्रमुख सचेतकको हैसियतमा संसद सचिवालयबाट पाउने गाडी फिर्ता गरेका हुन् ।

भट्टराईले फेसबुकमार्फत संसद सचिवालयले उपलव्ध गराएको गाडी फिर्ता गरेको जानकारी दिएका हुन् । भट्टराई २०७७ फाल्गुन १४ गते तत्कालीन नेकपाको मुख्य सचेतक बनेका थिए । ०७४ सालमा निर्वाचित प्रतिनिधिसभा सदस्यको कार्यकाल असोज १ गतेबाट सकिएको हो ।

‘जिल्लामा भएकोले मैले प्राप्त गरेको गाडी लगायतका सामग्री संसद सचिवालयमा बुझाउन अलिक बिलम्व हुन गयो । पदमुक्त भएपछि सामग्री बुझाउन केही दिन समय पाइन्छ भनेर पनि ढीला भएको हो । यसबीचमा गाडी बुझाएनन भनेर ध्यानाकर्षण गराउनु हुने सन्चारमाध्यमलगायत सबैलाइ धन्यवाद दिन चाहान्छु । राज्यकै सम्पत्ति त हो भनेर कतिपय मानिसहरु बेपरवाह गरेको देखिएको छ । तर आफ्नो नीजि साधन जत्तिकै ठानेर हामीले यो गाडीको सुरक्षा गर्यौं र हामीले प्राप्त गरेको भन्दा किन्चित क्षति हुन नदिइ जस्ताको तस्तै बुझाएका छौं’, उनले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्