Logo
Logo

काठमाडौं-१ मा उम्मेदवारी दिने रवीन्द्र मिश्रको घोषणा


441
Shares

काठमाडौं । हालैमात्र राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका रवीन्द्र मिश्रले काठमाडौं–१ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बन्ने घोषणा गरेका छन् ।

राप्रपाका बरिष्ठ उपाध्यक्ष मिश्रले शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमबीच उम्मेदवारी घोषणा गरेका हुन् । उनी २०७४ सालको चुनावमा पनि तत्कालीन साझा पार्टीबाट काठमाडौं–१ बाट उम्मेदवार बनेका थिए । त्यसबेला उनी नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहसँग पराजित भएका थिए ।

२०७४ को चुनावमा मिश्र नेता सिंहसँग थोरै मतले मात्र पराजित भएका तिए । सिंहले १० हजार ९ सय ३७ मत ल्याएका थिए भने मिश्र १० हजार १ सय १८ मत पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्