Logo
Logo

समानुपातिक सूची सच्चाउन देउवालाई साँझ ५ बजेसम्मको अल्टिमेटम



काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतरका नेताहरुले आज साँझ ५ बजेसम्म सभापति शेरबहादुर देउवालाई समानुपातिकको सूची सच्चाउन अल्टिमेटम दिएका छन् ।

संस्थापनइतर शेखर कोइराला र गगन थापा निकटका नेताहरुले समानुपातिक र प्रत्यक्षतर्फको टिकट वितरणमा ४० प्रतिशत भाग पाउनुपर्ने माग गर्दै संघर्षमा उत्रिएका आएका छन् ।

संघर्षको नेतृत्व गरिरहेका नेता गुरुराज घिमिरेले शनिबार साँझ ५ बजेसम्म पार्टी नेतृत्वलाई समानुपातिक सूची सच्याउने समय दिएको बताएका छन् । सूची नसच्चाए देशब्यापी विद्रोह गर्ने चेतावनीसमेत उनीहरुले दिएका छन् ।

नेता घिमिरेले शनिबार ट्वीट गर्दै भनेका छन्, ‘नेपाली कांग्रेसका लागि सुचि सच्याउने समय आज ५ बजेसम्म भएकाले पार्टीद्वारा प्रस्तावित अन्तिम सूचीको प्रतिक्षामा रहेको जानकारी गराउँदछु ।’

निर्वाचन आयोगमा आइतवारसम्म समानुपातिकतर्फको बन्द सूची अन्तिम हुनेछ । सभापति देउवाले समानुपातिकको बन्दसूची सच्याउने तयार भएपनि शनिबारसम्म टुंगो लागेको छैन । शेखर–गगन समूहले ४० प्रतिशत मागेको छ भने देउवा ३० प्रतिशत दिन तयार भएका छन् ।

प्रतिक्रिया दिनुहोस्