Logo
Logo

राष्ट्रिय कविता महोत्सव हुँदै, कविता पठाउन आह्वान



काठमाडौं । कवि विमल गुरुङको ५१औँ जन्मजयन्तीका अवसरमा आयोजना हुने ३१औँ राष्ट्रिय कविता महोत्सव–२०७९ का लागि कविता आह्वान गरिएको छ ।

कातिक १९ गतेका दिन आयोजना हुने महोत्वसवमा २ लाखको विमल गुरुङ कृति पुरस्कार पनि एक पुस्तकलाई प्रदान गरिने आयोजकले जनाएको छ ।

फाइल फोटो

आयोजकका अनुसार कविता विद्युतीय, छापा तथा कुनै माध्यममा प्रकाशित नभएको, दुई सय शब्दसम्मको आफ्नो मौलिक कविता हुनुपर्ने जानकारी दिएको छ । कविता प्रीति फन्टमा कम्प्युटर टाइप गरी कातिक ७ गतेभित्र पुग्नेगरी सम्बन्धित ठेगानामा पठाउनुपर्ने पनि आयोजकले जनाएको छ ।

कविताको प्रथम पुरस्कार २१ हजार, द्वितीय पुरस्कार १७ हजार, तृतीय पुरस्कार ११ हजार रहेको छ भने सान्तवना १० हजार हरेको छ ।

कविता पूर्णबहादुर गुरुङ (अध्यक्ष) मोबाइल नम्बर ९८४२२५९८२५ अथवा फोन नम्बर ०२५–५२८०९६ विमल गुरुङ स्मृति पुस्तकालय धरान १८, बुद्धचोक, सुनसरी, नेपालमा सम्पर्क गरी पठाउन सकिने छ भने इमेल पनि गर्न सकिने छ ।

०२८ साल कात्तिक १९ गते जन्मेका विमलको ०४८ वैशाख २४ गते सडक दुर्घटनामा परी निधन भएको थियो । एक्लो कवि, पत्रकार छोराको निधनपछि पूर्वव्रिटिश गोर्खा सैनिक बाबु पूर्णबहादुर, आमा सरस्वती र बहिनी शान्तिले धरान–१८ बुद्धचोकमा कवि विमल गुरुङ स्मृति पुस्तकालय स्थापना गरेर बर्सेनि राष्ट्रिय युवा कविता महोत्सव आयोजना गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्