Logo
Logo

झोर, झरना अनि घुम्ती कविगोष्ठी !



काठमाडौँ । टोखास्थित झोर महाङ्काल मा.वि.मा घुम्ती कविगोष्ठी नेपालको ११९ औँ शृङ्खला प्राज्ञ वियोगी बूढाथोकीको प्रमुख आथित्यतामा हालै सम्पन्न भएकाे छ । शनिबार साहित्यकार चेतनपथ माधवको संयोजन तथा सभापतित्वमा कार्यक्रम सञ्चालन भएको हाे ।

टोखा न.पा. १ का वडाध्यक्ष रमेशकुमार लामिछाने तथा सम्बन्धित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलबहादुर तामाङसमेतको उपस्थिति रहेको सो काव्यगोष्ठीमा डोरबहादुर के.सी., कात्यायन, त्रिलोचन आचार्य, राजेशमान के.सी., रामकुमार पण्डित क्षेत्री, शिव शर्मा, दामोदर ढकाल ‘दीपक’, पिँडालु पण्डित, घनश्याम प्रसाईं, धरणीधर गुरागाईं, आँचल कुमार शर्मा, विमुन्स पौडेल, प्रविशा उपाध्याय बराल, गोविन्द नेपाल, नवराज पुडासैनी, सङ्गीता ढुङ्गाना दाहाल, शुभलक्ष्मी कोइराला, निबन्ध आचार्य, माधवलाल श्रेष्ठ, प्रभुराम फुयाँल, रमेशकुमार श्रेष्ठ, रेहित शैजु, वसन्त रिजाल, लब खड्का, एच.के. धिताल, अनन्त लामिछाने, रामचन्द्र दाहाल, गिरिराज सुवेदी, चेतनपथ माधव र वियोगी बूढाथोकी लगायतका कविहरूद्वारा विभिन्न काव्यरचना वाचन गरिएको थियो ।

कार्यक्रमको क्रममा एच. के. धिताल, आँचलकुमार शर्मा र शिव शर्मालाई घुम्ती प्रतिभा सम्मानबाट सम्मानित गरिएको थियो भने सम्मानित व्यक्तित्वका बारेमा सभापति चेतनपथ माधवले प्रकाश पारेका थिए । वाचित कविताहरूको समीक्षात्मक टिप्पणी लेखक नारायण नेपालद्वारा गरिएको थियो ।

घुम्ती कविगोष्ठीका अध्यक्ष रामकुमार पण्डित क्षेत्रीले सञ्चालन गरेको सो कार्यक्रम रामचन्द्र दाहालको धन्यवादज्ञापन, तथा प्रमुखअतिथिको साहित्यिक फाँटमा झोरले फट्को मारेको मुक्तकिलो मन्तव्य अनि स्थानीय झरनाको छटा नजरपानका साथ समापन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्