काठमाडौं । राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिअन्तर्गत संघीयता अध्ययन तथा अनुगमन समितिले संघीयताको दिगो कार्यन्वयन गर्ने हो भने संघ र प्रदेशका मन्त्रालयको संख्या घटाएर मितव्ययी शासन सञ्चालन गर्न सुझाव दिएको छ ।

समितिले अध्यक्ष गणेश तिमल्सिनालाई बुझाएको प्रतिवेदनमा संघीय सरकारका १० वटा मन्त्रालय घटाउन सुझाव दिएको हो ।
समितिका संयोजक डा. खिमलाल देवकोटाका अनुसार प्रतिवेदनमा संघीय सरकारमा बढीमा १५ मन्त्रालय बनाउन र प्रदेशमा ५ देखि १० मन्त्रालयभन्दा बढी नराख्न सुझाव दिइएको छ । प्रतिवेदन बुझाउनेक्रममा मुख्य सचिव शंकर वैरागीलगायतका उच्च पदस्थ अधिकारीहरू सहभागी थिए ।












