Logo
Logo

पत्रकार सम्मेलन गर्न बालुवाटार पुगेका निहारिका प्रहरीको नियन्त्रणमा


1.3k
Shares

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको गेट पत्रकार सम्मेलन गर्न खोज्दा निहारिका सिंह राजपुतलाई प्रहरीले केहीबेर नियन्त्रणमा लिएको छ ।

बलात्कार आरोपी शिवराज श्रेष्ठ र उनका छोराको डिएनए परीक्षणको रिपोर्ट सार्वजनिक गर्न माग गर्दै शुक्रबार दिउँसो पत्रकार सम्मेलनका लागि राजपुत बालुवाटार गएका थिए । निषेधित क्षेत्रमा पत्रकार सम्मेलन गर्न नपाउने भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

बालुवाटारको ३ नम्बर गेटमा पत्रकार सम्मेलन गर्छु भन्दै पुगेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए । निहारिकालाई केहिबेर नियन्त्रणमा लिएर छाडिसकेको मैनाली को भनाइ छ ।

महोत्तरी जलेश्वरकी राजपुतका छोराको डिएनए बलात्कार आरोपी धनुषाको धनुषा क्षीरेश्वरनाथ नगरपालिका(३ का शिवराज श्रेष्ठसँग मिलेको रिपोर्ट शुक्रबार सार्वजनिक भएको थियो।

प्रतिक्रिया दिनुहोस्