
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता भीम रावल बुढो भइसकेकोले चिन्ता लिन आवश्यक नरहेको प्रतिकृया दिएका छन् ।
शुक्रबार सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले २०४८ सालदेखि निरन्तर सांसद बन्दै आएका रावलको चिन्ता लिन आवश्यक नरहेको प्रतिकृया गरेका हुन् ।
कञ्चनपुरमा आयोजित सभालाई ओलीले सम्बोधन गर्दै गर्दा सहभागीले रावलको नाम लिँदै हुटिङ लाएपछि ओलीले जङ्गीदै भने– ‘भीम रावलको तपाईं किन चिन्ता ? ४८ सालदेखि एकछिन खाली छैन । बूढो भैसक्नु भो । बेकार किन भीम रावलको चिन्ता ? अरुलाई पालो दिनु पर्दैन ? एउटै भीम रावल भीम रावल के को खेती गरिराख्या ? थुप्रो रावलहरु हुनुहुन्छ नि त सुदूरपश्चिममा । थुप्रो रावलहरुलाई अघि बढाएको छ ।’
ओलीले भने- भीम रावल बूढा भैसके
अछामबाट प्रतिनिधिसभा सदस्यका लागि एक्लो सिफारिसमा परेका रावलको टिकट ओलीले खोसेका थिए । रावलको टिकट खोसिएपछि ओलीको पार्टी भित्र र बाहिरबाट ब्यापक आलोचना हुँदै आएको छ ।












