Logo
Logo
दृष्टिका १० हेडलाइन्स्

निर्वाचनको माहोलदेखि सन्दीपको जेल यात्रासम्म


1.2k
Shares

 

१. प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दलको सक्रियता बढ्यो, शीर्ष नेताहरूको दौडधुप, नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुरामा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सुदूरपश्चिम प्रदेशमा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखामा । 

२. सुदूरपश्चिमको दार्चुलाबाट नेकपा एमालेले सुरु गर्यो ‘राष्ट्रिय चुनावी अभियान’, पाटी अध्यक्ष केपी शर्मा ओलीद्वारा दार्चुला, बैतडी र कञ्चनपुरमा आयोजित चुनावीसभालाई सम्बोधन, राष्ट्रियता, कालापानीको भू-भागको संरक्षण र पछाडि परेको क्षेत्रको विकास गर्ने प्रतिबद्धता ।


३. आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धनले बहुमत ल्याउने नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको दाबी, अन्यायमा परेका मानिसको पक्षमा रहेका गठबन्धका उम्मेदवारलाई विजयी गराउन आग्रह, लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन गरी एक ठाउँमा उभिनुपरेको भनाइ ।


४. आगामी मङ्सिरमा हुने निर्वाचनले मुलुकमा अग्रगमन र प्रतिगामीबीचको लडाइँको फैसला गर्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको भनाइ, निर्वाचनमार्फत पश्चगामी शक्तिलाई पराजित गर्नुपर्ने अभिव्यक्ति, निर्वाचनले गणतन्त्र र संविधान स्वीकार गर्ने तथा गणतन्त्र र संविधान विरोधीको लडाइँ छिनोफानो गर्ने । 

५. आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइ सम्पन्न, प्रत्यक्षतर्फ चार करोड र समानुपातिक निर्वाचन प्रणालीका लागि चार करोड गरी आठ करोड मतपत्र छपाइ, समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत मतपत्र ढुवानी सम्पन्न, प्रत्यक्षतर्फको मतपत्र धमाधम ढुवानी हुँदै ।

६. गठबन्धन सरकार देश बनाउने वा विकास गर्नेभन्दा पनि ‘टालाटुली बाटुली, कति राम्री कठपुतली’ भएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको टिप्पणी, गठबन्धनसँग कुनै भिजन नभएका कारण देशको विकास र सुशासनका लागि एमाले एक्लैले बहुमत ल्याउनुपर्ने भनाइ ।

७. नाबालिकामाथि जबर्जस्ती करणी गरेको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत काठमाडौँको आदेश, वादी र प्रतिवादीका तर्फबाट भएको कानुन व्यवसायीको थुनछेक बहसपछि न्यायाधीश माधवप्रसाद घिमिरेद्वारा आरोपित लामिछानेलाई मुद्दाको किनारा नलागेसम्म पुर्पक्षका लागि जेल चलान गर्न आदेश ।

८. बैंकहरूले ब्याजदर वृद्धि गरेको विरोधमा उद्योग व्यवसायीको प्रदर्शन, ब्याजदरमा स्थायित्व हुनुपर्ने, सहजरुपमा ऋण नवीकरण गर्न पाउनुपर्ने, आधारदरका कारण बढेको प्रिमियम घटाउनुपर्ने, बैंक तथा वित्तीय संस्थाले लिइरहेको सेवाशुल्क घटाउने तथा अतिरिक्त शुल्क लिन नपाउनेलगायतका माग ।

९. प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेश र नेपाल एपिएफ क्लबबीच खेल टाई, एपिएफले प्रस्तुत गरेको १ सय १६ रनको लक्ष्य पछ्याएको  गण्डकीले पनि ३१ ओभरमा १ सय १५ रन मात्र जोड्यो, यस नतिजासँगै प्रधानमन्त्री कपको सेमिफाइनल समीकरणमा पनि ठूलो प्रभाव ।

१०. स्वास्थ्य सेवा क्षेत्रमा लगानी गर्न एडीबीले पाकिस्तानलाई १० करोड अमेरिकी डलर ऋण दिने, पूर्वाधार र उपकरणको आधुनिकीकरण, क्लिनिकल प्रोटोकल सुनिश्चित गर्नुका साथै मानव संसाधन योजना र औषधि आपूर्ति शृङ्खला व्यवस्थापनमा सुधार गरिने, तीन करोड ८० लाख मानिस लाभान्वित हुने र शिशु तथा मातृ मृत्युदरमा कमी आउने विश्वास ।

प्रतिक्रिया दिनुहोस्