Logo
Logo

आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना


441
Shares

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसका कारण देशका पहाडी भूभागहरूमा आंशिक बदली रहेको छ।

आज दिउँसो प्रदेश १, कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी भूभागका थोरै तथा बाँकी प्रदेशका पहाडी भूभागका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । यी स्थानमा राति पनि हल्का वर्षाको सम्भावना रहेको छ ।

आइतबार देशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतः सफा रहनेछ। प्रदेश १, गण्डकी प्रदेश , कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका पहाडी भूभागका थोरै तथा बाँकी प्रदेशका पहाडी भूभागका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्