काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले काठमाडौं- ६ ‘ख’ का उम्मेदवार प्रकाश फुयाँलको उम्मेदवारी निष्क्रिय गर्दै गठबन्धनका अर्का उम्मेदवार विष्णुभक्त तिमिल्सिनालाई सहयोग गर्न निर्देशन दिएको छ ।

गठबन्धनको भावना र मर्मलाई बलियो बनाउनुपर्ने भन्दै फुयाँलको उम्मेदवारी निष्क्रिय गर्दै गठबन्धनका अर्का उम्मेदवार तिमिल्सिनालाई सहयोग गर्न निर्देशन दिएको माओवादी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए ।
मुख्यसचिव श्रीराम ढकालले जारी गरेको पत्रमा भनिएको छ, ‘यतिबेला गठबन्धनको भावना र मर्मलाई बलियो बनाउनु पर्ने आवश्यक भएकोले हाम्रो पार्टीका तर्फबाट प्रस्तुत गरिएका उम्मेदवार कमरेड प्रकाश फैयालको उम्मेदवारी निष्क्रिय गरी गठबन्धनका अर्का उम्मेदवार विष्णुभक्त तिमिल्सिनालाई सहयोग गर्ने भन्ने हाम्रो पार्टीको निर्णय भएकोले सोही अनुसार कार्यान्वयन गर्नु गराउनु हुन निर्देशन गरिन्छ ।’














