Logo
Logo

विवाहको भोजमा कारले ठक्कर दिँदा ४ जनाको मृत्यु



एजेन्सी – स्पेनमा एक विवाह भोजमा कारले ठक्कर दिँदा चार जनाको मृत्यु भएको छ ।

म्याड्रिडबाट करिब २५ किलोमिटर (१६ माईल) उत्तरपूर्वमा रहेको टोरेजोन डे अर्डोजमा विवाहको भोज भइरहेको ठाउँमा एउटा कारले ठक्कर दिँदा ४ जनाको मृत्यु भएको हो । अन्य चार जना गम्भीर घाइते भएको त्यहाँका अधिकारीहरूले बताएका छन् । विवाहमा एकाबिहानै झगडा भएको थियो ।

‘घटनास्थलमा पुग्दा चार जना मृत अवस्थामा भेट्टायौं’, म्याड्रिड आपतकालीन सेवाका प्रमुख कार्लोस पोलोले भने । घाइते अन्य चार जनालाई उपचारका लागि अस्पताल लगिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्