Logo
Logo

गायक प्रकाशद्वारा अष्ट्रेलियामा आत्महत्या प्रयास !



काठमाडौं । गायक प्रकाश दूतराजले अष्ट्रेलियामा आत्महत्या प्रयास गरेका छन् । सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलिया गएका दूतराजले हिजो राति २ बजे झुण्डिने प्रयास गरेको स्रोतले बतायो ।

गायिका भूमिका गिरीसहित दूतराज कन्सर्टका लागि गत २० अक्टोबरमा अष्ट्रेलिया गएका थिए । त्यहाँ उनीहरू दुवैलाई आयोजकले एउटा फ्ल्याट लिएर राखेको थियो ।

सोही फ्ल्याटको आफू सुत्ने कोठामा दूतराजले झुण्डिने प्रयास गरेका हुन् । दूतराजको अवस्था अहिले सामान्य छ । उनले आत्महत्या प्रयास गर्नुको कारण खुलाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्