Logo
Logo

चितवन-३ : मतदाताको मन जित्दै डा. भोजराज अधिकारी



चितवन । आगमी मंसिर ४ गते हुने निर्वाचनमा चितवन–३ बाट प्रतिनिधिसभा सदस्यका उमेदवार डा भोजराज अधिकारीले मतदाताको हौसला पाइरहेका छन् ।

निर्वाचन प्रचारप्रसारको क्रममा घरदैलो अभियानमा रहेका अधिकारीले मतदातासमक्ष गठबन्धन र आफ्ना एजेण्डा सुनाउँदै आएका छन् । सोक्रममा आफूले सकरात्मक प्रतिक्रिया पाएको उनले बताएका छन् ।

नेता अधिकारीका चुनावी एजेण्डा सुन्ने मतदाताहरु प्रभाविति भएर उनलाई शुभकामना दिइरहेका भेटिन्छन् । उनले आफ्ना ‘६ स’ नारा मतदातामाझ सुनाउने गरेका छन् ।

नेकपा माओवादी केन्द्रको तर्फबाट सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका अधिकारीको फरकशैलीको चुनावी प्रचारले मतदाता पनि खुसी छन् । उनका हरेक कुरा मतदाताले ध्यान दिएर सुन्ने गरेका छन् ।

तामझाम र भिडभाडविना घरदैलो अभियानमा रहेका उनले मतदातासँग अन्तक्र्रिया गर्ने, पार्टीको नीति नुरुप घरदैलो कार्यक्रमलाई बढीभन्दा बढी अन्तक्रियात्मक बनाउने प्रयास गरिरहेको उनको भनाइ छ । जहाँ पुग्दा पनि मतदाताले ‘अब विकल्प खोज्ने मुड बनाएको’ पाइएको उनले बताए ।

मतदातालाई निरास नबनाउने प्रतिवद्धता जनाउँदै हिँडेका उनले कतिपय मतदाताले अधिकारीलाई जितिसकेपछि अन्य नेता जस्तो व्यवहार देखाउन अनुरोध गर्ने गरेका छन् । त्यसमा उनी पनि आफू अरु जस्तो नभएको प्रतिक्रिया दिँदै आएका छन् ।

अधिकारीले मतदाता भेट्दै गलत गरेको खण्डमा कठालो समाउन सक्ने अधिकार जनतालाई रहेको भन्दै यसपटक सोच विचार गरेर आफ्नो मत खसाल्न अनुरोध गरेका छन् । सरल, आत्मीय र निडर स्वभावका डा.अधिकारीले अहिलेसम्म गरिएको घरदैलोमा जनताको मन जित्ने सकिनेमा विस्वस्त छन् ।

प्रतिक्रिया दिनुहोस्