Logo
Logo

रूपन्देही-२ मा वामदेव गौतमले एमालेलाई सघाउने


12.7k
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी राष्ट्रिय एकता अभियानले रूपन्देही- २ मा नेकपा एमालेलाई सघाउने भएकाे छ ।

वामदेव गौतम नेतृत्वको अभियानकाे केन्द्रीय कमिटीको निर्णय अनुसार रूपन्देही- २ मा एमालेलाई सघाउने गरी निर्णय भएकाे अभियानका उपाध्यक्ष महेन्द्र अर्यालले पत्रकार सम्मेलन गरी जानकारी दिए ।

उपाध्यक्ष अर्यालले भने, ‘हामीले केन्द्रीय कमिटीकाे बैठकबाट निर्णय गरेर रूपन्देहीको क्षेत्र नं २ मा नेकपा एमालेलाई सघाउने निर्णय गरेका छाैं । रूपन्देहीको विकासमा विष्णु पाैडेलकाे भूमिका कसैले पनि अवमूल्यन गर्नु हुँदैन त्यसैले हामीले याे निर्णय लियाैं ।’

प्रतिक्रिया दिनुहोस्