Logo
Logo

कम्बोडिया र भियतनामबीच ११ दस्तावेजमा हस्ताक्षर



एजेन्सी । कम्बोडिया र भियतनामले पारस्परिक सम्बन्ध र सहयोगलाई थप सघन तुल्याउन एघार वटा दस्तावेजमा हस्ताक्षर गरेका छन् ।

कम्बोडियाको भ्रमणमा रहेका भियतनामका प्रधानमन्त्री फाम मिन्ह चिन र कम्बोडियाका प्रधानमन्त्री सम्देच टेकोबीच हुन सेन शान्ति दरबारमा भएको भेटवार्तापछि दुवै देशका सम्बद्ध अधिकारीले ती दस्तावेजमा हस्ताक्षर गरेका हुन सेनका निजी सहायक इआङ सोफालेथले बताएका छन् ।

सीमापार यातायात, कृषि, सीमावर्ती व्यापार प्रवद्र्धन, सञ्चार, सूचना तथा सञ्चार प्रविधि, धर्म, श्रम, बैंकिङलगायत क्षेत्रमा द्विपक्षीय सहयोग समेटिएको उनले बताए । भेटवार्ताका क्रममा दुई नेताबीच द्विपक्षीय सहयोगका साथै साझा चासो र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा विचार आदानप्रदान भएको थियो । भियतनामी प्रधानमन्त्री दुई दिने औपचारिक भ्रमणका क्रममा आजै यहाँ आइपुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्