Logo
Logo

उम्मेदवारलाई निर्वाधरुपमा प्रचारप्रसार गर्न दिन निर्वाचन आयोगको निर्देशन



काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरुलाई निर्वाधरुपमा प्रचारप्रसार गर्न दिन निर्देशन दिएको छ ।

आयोगले मंगलबार गृह मन्त्रालयमार्फत ७७ वटै जिल्ला प्रशनसन कार्यालयहरुलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन प्रचारप्रसार गर्न दिन निर्देशन दिएको हो ।

सोमबार डडेल्धुरामा सागर ढकाललाई प्रचारप्रसारमा रोक लगाइएको भन्ने समाचार सार्वजनिक भएको थियो । उक्त घटनाप्रति आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नेपालको संविधान र निर्वाचनसम्बन्धी कानूनको अधीनमा रहेर प्रचार गर्न पाइनेबारे स्मरण पनि गराएको छ ।

आयोगका सहायक प्रवक्ता एवम् उपसचिव कमल भट्टराईले जारी गरेको विज्ञप्तिमा आवधिक निर्वाचनमा सार्वभौम अधिकारको अभिव्यक्ति, मताधिकारमार्फत हुने भन्दै सार्वभौम मतदाता र आफ्नो लागि जनताको मत र विश्वास माग्ने उम्मेदवार कानूनबमोजिम प्रचारप्रसार गर्न स्वतन्त्र रहने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्