Logo
Logo

प्युठानमा जिप दुर्घटना : ३ जनाको मृत्यु, १२ जना घाइते


315
Shares

प्युठान । प्युठानमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । प्युठानको बिजुवारबाट पूर्णगाउँ जाँदै गरेको लु १ ज ३७०७ नम्बरको फोर्स जिप गएराति करिब १ बजेतिर प्युठान नगरपालिका-५ पूर्णगाउँ नजिक कुडापानीको घुम्तीमा अनियन्त्रित भएर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परि १२ जना घाइते भएका छन् ।

दुर्घटनामा ज्यान गुमाउनेमा प्युठान नगरपालिका वडा नम्बर–५, पातलकटेरीका ४६ वर्षीय खुमान थापा, उनकी श्रीमती जुनकी थापा र सोही ठाउँकै ५२ वर्षीया महिमा घर्ती रहेका छन् । उनीहरूकाे घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक सुशील थापामगरले जानकारी दिएका छन् ।

घाइतेमध्ये ६ जनाको अवूथा गम्भीर रहेको र उनीहरुदाई बिजुवार अस्पतालबाट वुटवल रिफर गरिएको छ भने बां्रकी ६ जनाको बिजुवार अस्पतालमै उपचार भइरहेको छ । जिप सडकबाट करिब १५० मिटर तल खसेको छ । रातको समय भएकाले उद्धार कार्यमा कठिनाइ भएको स्थानीयले बताएका छन् । घटनास्थलमा नेपाल प्रहरी, स्थानीय जनप्रतिनिधि लगायतले उद्धार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्