Logo
Logo

गोली प्रहारबाट यमनी जनरलको मृत्यु



एजेन्सी । अज्ञात बन्दुकधारीहरूले यमनको उत्तरपूर्वीमा पर्ने तेलको धनी प्रान्त मारिबमा एक जनरलको गोली हानी हत्या गरेको छ ।

अन्तर्राष्ट्रिय मान्यता प्राप्त यमन सरकारका जनरल मारिएको एक सुरक्षा अधिकारीले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन् ।

सरकार नियन्त्रित प्रान्त मारिबमा मास्क लगाएका बन्दुकधारीहरूले आफ्नो स्वचालित राइफलबाट गोली हानेर जनरल मोहम्मद अल–जरादी र उनका अंगरक्षकको हत्या गरेका एक अधिकारीले नाम नबताउने सर्तमा जानकारी दिएका हुन् ।

अल–जरादी सहरमा कामबाट फर्कदै गर्दा बन्दुकधारीहरुले उनलाई बोकेको सैन्य गाडीमा बन्दुक प्रहार गरेका थिए
अल–जरादी साउदी अरेबियासमर्थित यमनी सरकारी सेनाका एक वरिष्ठ कमाण्डर थिए । उनले व्यक्तिगत रूपमा विगतका वर्षहरुमा हुथी विद्रोहीविरुद्ध ठूलो मात्रामा सैन्य कारबाहीको नेतृत्व गर्दै आएका थिए ।

आक्रमणकारीहरु गोली चलाएर भाग्न सफल भएका थिए । स्थानीय सुरक्षाबलहरुले हत्याको अनुसन्धान सुरु गरिसकेका अधिकारीहरुले जानकारी दिएका छन् ।

तेलको धनी प्रान्त मारिबलाई कब्जामा लिएर साउदी अरेबियासमर्थित यमनी सरकारी सेना र हुथी विद्रोही विद्रोहीबीच बारम्बार भीषण लडाईहरु भइरहेका छन् ।

यमनको सन् २०१४ अन्तमा गृहयुद्ध भड्कियो जब हुथी समूहले देशको उत्तरी धेरै भागमा आफ्नो नियन्त्रण कब्जा गर्यो र अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई राजधानी सानाबाट बाहिर निकालेको थियो ।

प्रतिक्रिया दिनुहोस्