Logo
Logo

एमालेले बनाएको गठबन्धन राजतन्त्र पुर्नस्थापना गर्नेहरुको हो : प्रचण्ड


189
Shares

दार्चुला । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस पटकको निर्वाचन सामान्य नभएको बताएका छन् ।

बुधबार दार्चुलाको गोकुलेश्वरमा आयोजित सत्ता गठबनधनको चुनावी सभालाई सम्बोधन गदै उनले यो निर्वाचन जीवन र मरणबीचको भएको बताए ।

सत्ता गठबन्धन जनताको गठबन्धन भएको बताउँदै उनले नेकपा एमालेले बनाएको अर्को गठबन्धन राजतन्त्र पुर्नस्थापना गर्न चाहने र संविधान च्यात्नेहरूबीचको भएको उनले बताए । लोकतन्त्रविरोधीको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको आरोप लगाए ।

उनले भने, ‘यो निर्वाचन लोकतन्त्र र लोकतन्त्रविरोधीबीचको हो । संघीय गणतन्त्र पक्षधर र यसका विरोधीबीचमा एउटा ठूलो संघर्षको रूपमा यो र्विाचन हुन लागिरहेको छ, हामीले दह्रो एकता प्रदर्शन गरेर यो निर्वाचनमा परिवर्तनको पक्षलाई समानता र स्वतन्त्रको पक्षलाई निर्वाचित गराउनु पर्नेछ ।’

प्रतिक्रिया दिनुहोस्