Logo
Logo

संयुक्त राष्ट्रसङ्घ र रूसबीच वार्ता हुँदै



एजेन्सी । संयुक्त राष्ट्रसङ्घका प्रमुखहरूले युक्रेन र रूसबाट ‘ब्ल्याक सी’ सम्झौता अन्तर्गत खाद्यान्न र मल निर्यात गर्ने सम्बन्धमा शुक्रबार जेनेभामा रूसी अधिकारीहरूसँग वार्ता हुने भएको छ ।

संयुक्त राष्ट्रसङ्घका एक प्रवक्ताले भने, ‘यो छलफलले रूसी महासङ्घबाट विश्व बजारमा खाद्यान्न र मलको निर्बाध निर्यातलाई सहजीकरण गर्ने दिशामा भएको प्रगतिलाई अगाडि बढाउने आशा गरिएको छ ।’

यसैबीच, रूसले युक्रेनको प्रमुख सहर खेरसनबाट सेना फिर्ता गर्ने भएको छ । मस्कोले आफ्नो नियन्त्रणमा रहेको उक्त सहरबाट आफ्ना सैनिकलाई फिर्ता हुन आदेश दिएको केवल न्युज नेटवर्क (सिएनएन)ले जनाएको छ ।

रक्षामन्त्री सर्गेई शोइगु र युक्रेनमा खटिएका रूसी सेनाका कमाण्डर जनरल सर्गेई सुरोभिकिनबीच मस्कोमा भएको बैठकपछि सेना फिर्ताको आदेश भएको हो ।

यद्यपि युक्रेनी अधिकारीहरूले आफ्नो पकड सुदृढ तुल्याउन दुई दिशाबाट अगाडि बढिरहेको बेला रूस पछि हटेको बताएका छन् ।

उनीहरूले रूसी घोषणाप्रति आशङ्का व्यक्त गरेका छन् । रूसी सैनिकले खेरसन छाड्ने कुनै सङ्केत नदेखाएको उनीहरूले बताए ।

प्रतिक्रिया दिनुहोस्