Logo
Logo

माओवादी समाजवादीका ४६९ जना एकीकृत समाजवादीमा समाहित


16.6k
Shares

काठमाडौं । नेकपा माओवादी (समाजवादी)का केन्द्रीय सचिव मेखबहादुर खत्री ब्रह्माण्डसहितका नेताहरू नेकपा एकीकृत समाजवादीमा समाहित भएका छन् ।

शनिबार नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित कार्यक्रममा कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी (समाजवादी)का केन्द्रीय सचिव खत्री, पार्टीका स्थायी कमिटी सदस्य रामप्रसाद मैनाली सहितका नेताहरु एकीकृत समाजवादीमा समाहित भएका हुन्।

पार्टीमा समाहित हुने नेताहरुलार्ई एकीकृत समाजवादीका महासचिव डा. वेदुराम भुसालले टिका र खादा लगाएर स्वागत गरेका थिए । कार्यक्रममा बोल्दै महासचिव डा भुसालले समाजवादलाई अवको राजनैतिक कार्यदिशा बनाउने पार्टीहरूसँग विभिन्न ढंगले कार्यगत एकता गर्दे जाने बताए ।

आफूहरूले प्राप्त उपलब्धिको रक्षा र सिंगो प्रणाली नै ध्वस्त गर्न चाहनेहरूका विरुद्धको विद्रोहबाट कम्युनिष्ट पार्टीको पुनर्एकीकरण गर्नुपरेको भन्दै महासचिव डा भुसालले आफूहरुले त्यस समयमा प्राप्त उपलब्धि रक्षाका खातिर पार्टी भन्दा देश जनता र जनताले ल्याएको परिवर्तन ठूलो भएको विश्लेषण पछि विद्रोह गरेको बताए ।

राजनैतिक अधिकारसहित आर्थिक सामाजिक सांस्कृतिक अधिकार र समानता सहितको स्वतन्त्रता अहिलेको आवश्यकता भएको भन्दै राजनैतिक हिसाबले सामन्तवादको अन्त्य भएपनि सामाजिक सांस्कृतिक दृष्टिकोणबाट हेर्दा अझै पनि देशमा जातीय वर्गीय भाषिक सामाजिक विभेदहरु विद्यमान भएको भन्दै त्यसको विरुद्धका अभियान जरुरी भएको बताए ।

कार्यक्रममा पार्टीमा समाहित भएको नेकपा माओवादी (समाजवादी)का केन्द्रीय सचिव मेखबहाुदर खत्री ब्रमाण्डले समाजवादको साझा लक्ष्यमा समाहित हुन आफूहरुले माओवादी समाजवादीवाट विद्रोह गरेको भन्दै देशभरीबाट आफूहरुको नेतृत्वमा ४ सय ६९ नेता कार्यकर्ताहरु एकीकृत समाजवादीमा समाहित हुनेक्रम जारी रहेको र यो अभियान जिल्ला प्रदेश र भूगोलमा एक हप्तासम्म चल्ने बताए ।

कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य आलोक रायमाझी, केन्द्रीय सदस्य तथा संगठन विभागका सचिव लक्ष्मण केसी पार्टीका निर्वाचन आयोगका सदस्य खेम पौडेल लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्