Logo
Logo

ओलीको अहँकारको फैसला अब जनताले गर्नेछन् : घनश्याम भुसाल


11.3k
Shares

रुपन्देही । रुपन्देही–१ का प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार घनश्याम भुसालले केपी ओलीले गरेको अहँकार र दम्भको फैसला जनताले अब जनताले गर्ने बताएक छन् । शनिबार रुपन्देही–१ अन्र्तगत देवदह नगरपालिकामा घरदैलो गर्ने क्रममा भुसालले यस्तो बताएका हुन् ।

संविधानलाई कार्यन्वयन गर्दै मुलुकलाई विकासको बाटोमा अघि बढाउने वा संविधान मास्नेको पक्षमा लाग्ने भन्ने फैसला जनताले गर्ने बेला आएको उनको भनाइ छ । देश बनाउने र लोकतन्त्रलाई बलियो बनाउन जनताले फैसला गर्ने बेला आएको समेत उनले बताएका छन् ।

आफ्नो अहंकार र दम्भका कारण केपी ओलीले लोकतन्त्र र संविधान विरोधी काम गरेको उनले बताए । एमाले परित्याग गरी गठबन्धनको सहयोगमा स्वतन्त्र उम्मेदवार बनेका भुसालले देशको विकासलाई द्रुत गतिमा अघि बढाउन र विकासको हिसावले रुपन्देहीलाई देशकै नमुना जिल्ला बनाउन आफु उम्मेदवार बनेको दावी गरे ।

प्रतिक्रिया दिनुहोस्