Logo
Logo

निर्वाचनपछि गगन थापा प्रधानमन्त्री बन्छन्- स्वर्णिम वाग्ले


1.9k
Shares

काठमाडौं । अर्थविद् स्वर्णिम वाग्लेले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा केही महिनामै प्रधानमन्त्री बन्ने दाबी गरेका छन् ।

प्रधानमन्त्री बन्न सक्षम र तयार रहेको बताउँदै अर्थविद् वाग्लेले गगन मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनपछि प्रधानमन्त्री बन्ने दाबी गरेका हुन् ।

शनिबार गगनको निर्वाचन क्षेत्र काठमाडौं–४ मा आयोजित कार्यक्रममा बोल्दै वाग्लेले भने– ‘अब देशको नेतृत्व युवाले गर्नुपर्छ । देशलाई नेतृत्व गर्नसक्ने मध्येका एक हुन्, गगन थापा । उहाँ आगामी निर्वाचनपछि प्रधानमन्त्री बन्ने निश्चित छ ।’

अर्थविद् वाग्लेले गगनसँग प्रधानमन्त्री बन्ने भिजन र सोही अनुसारको आफूजस्तै विज्ञहरूको टिम रहेकाले प्रधानमन्त्री बनाउन सके १० वर्षभित्र देशमा ठूलो परिवर्तन आउनेसमेत बताए ।

गगन प्रधानमन्त्री बन्ने दाबी गरेका वाग्लेले गगन प्रधानमन्त्री बन्नका लागि प्रतिनिधिसभाको निर्वाचन जित्नुपर्ने भएकाले मतदान गरेर प्रधानमन्त्रीको प्रतिस्पर्धी बनाउन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्