Logo
Logo

‘बयलगाडा प्रवृत्ति’विरुद्ध गठबन्धन बन्यो : नारायणकाजी


3.4k
Shares

अछाम । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको ‘बयलगाडा प्रवृत्ति’विरुद्ध वाम–लोकतान्त्रिक गठबन्धन बनेको बताएका छन् ।

बयलगाडा प्रवृत्तिले दुई पटक प्रतिनिधिसभा विघटन गरेर देशलाई प्रतिगमनतिर धकलेपछि शान्ति प्रक्रियाका मुख्य नेता र पार्टीले देशलाई अग्रगमनतिर लैजान गठबन्धन गर्नुपरेको बताएका हुन् ।

शनिबार अछामको कमलबजारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै श्रेष्ठले प्रतिगमनविरुद्ध लड्ने क्रममा गठबन्धन जन्मिएको बताउँदै चुनावपछि सातवटै प्रदेश र संघीय सरकार बनेर विकास र समृद्धि बाटोमा देशलाई अघि बढाउने दाबी गरे ।

श्रेष्ठले अब बन्ने गठबन्धन सरकारले शान्ति प्रक्रियाका बाँकी कामको टुङ्गो बताउँदै द्वन्द्वपीडितलाई न्याय दिने बताए । त्यस्तै गठबन्धन सरकारले कमलबजारको विमानस्थल सञ्चालनमा ल्याउने बताए ।

प्रतिक्रिया दिनुहोस्