Logo
Logo

विश्वयुद्धका दुई विमान ठोक्किएर दुर्घटना



एजेन्सी । अमेरिकामा विश्वयुद्धकालीन दुई पुराना विमानहरू ठोक्किएर दुर्घटनाग्रस्त भएका छन् । टेक्सास राज्यस्थित डलास नजिक एउटा स्मारक एयर शोमा भाग लिइरहेका बेला उक्त विमानहरु ठोक्किएर दुर्घटनाग्रस्त बनेको हो ।

फुटेजमा कम उचाइमा रहेका विमानले एकअर्कालाई प्रहार गरिरहेको देखिन्छ । एउटा विमान आधा टुक्रा परेको र भुइँमा खस्दा आगो लागेको देख्न सकिन्छ ।

दुई विमानमा कति जना सवार थिए वा कोही बाँचे भने तत्काल खुल्न सकेको छैन । दुईमध्ये एउटा बोइङ बी–१७ फ्लाइङ फोट्र्रेस थियो । संघीय उड्डयन प्रशासनले शनिबारको विंग्स ओभर डलास एयर शोमा भएको दुर्घटनाको अनुसन्धान गर्ने बताएको छ ।

हताहतिको संख्या अझै पुष्टि भइनसकेको तर जमिनमा कोही पनि घाइते नभएको बताइएको छ । बी १७ बमवर्षकले दोस्रो विश्वयुद्धमा जर्मनी विरुद्धको हवाई युद्ध जित्न प्रमुख भूमिका खेलेको थियो। दोस्रो विमान, एक पी ६३ किंगकोब्रा दोस्रो विश्व युद्धमा प्रयोग गरिएको लडाकू विमान थियो ।

प्रतिक्रिया दिनुहोस्