Logo
Logo

इंग्ल्याण्डले जित्यो आईसीसी टी-२० विश्वकपको उपाधि



एजेन्सी । इंग्ल्याण्डले आईसीसी टी-२० विश्वकपको उपाधि जितेको छ । बेन स्टोक्सले अविजित अर्धशतकीय योगदान गरेपछि पाकिस्तानमाथि ५ विकेटको जित रच्दै इंग्ल्याण्डले दोस्रोपल्ट विश्वकप हो ।

इंग्ल्याण्डले यसअघि सन् २०१० मा उपाधि जितेको थियो । मेलवर्न क्रिकेट मैदानमा पाकिस्तानले दिएको १३८ रनको लक्ष्य इंग्ल्याण्डले एक ओभर बाँकी छँदै पूरा गरेको हो ।

इङ्ल्यान्डका लागि वेन स्टोक्स ५२ रनको योगदान गरे । जोस बट्लरले २६ रन बनाउँदा मोहिन अलीले १९ रन बनाए । हेरी ब्रोकले २० रन बनाए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३७ रन बनाएको थियो ।

पाकिस्तानका लागि सान मक्सोदले सर्वाधिक ३८ रनको योगदान गरे । कप्तान बाबर आजमले ३२ रन बनाउँदा सादब खानले २० रनको योगदान गरे ।

प्रतिक्रिया दिनुहोस्