Logo
Logo

अफगान सेनाद्वारा छ जना आईएस लडाकु पक्राउ



एजेन्सी । अफगान सेनाले पूर्वी नान्गाहार प्रान्तमा द्वन्द्वरत इस्लामिक स्टेट (आईएस) संगठनसँग आबद्ध छ जना लडाकुलाई पक्राउ गरेको रक्षा मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा बताइएको छ ।

‘गोप्य सूचनाको आधारमा खालिद बिन वालिद कोर्प्सका कर्मचारीहरूले नान्गाहार प्रान्तको खावरेजको गोप्य ठाउँमा छापा मारी छ जना लडाकुहरूलाई गिरफ्तार गरेको’ विज्ञप्तिमा जनाइएको छ ।

पक्राउ परेका आतंककारीहरूको लुकेर बसेको ठाउँबाट एके-४७ असल्ट राइफल सहित थुप्रै हतियार र गोलाबारुदहरू पनि फेला परेको बताइएको छ ।

तालिबानद्वारा सञ्चालित कार्यवाहक प्रशासनले अफगानिस्तानमा आईएस समूहको कथित उपस्थितिलाई गम्भीर खतराको रूपमा अस्वीकार गरेको छ यद्यपि सुरक्षा बल कडा निगरानी राख्दै प्रतिकारमा चनाखो देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्