Logo
Logo

स्लोभेनियाको पहिलो महिला राष्ट्रपति बनिन् नतासा



एजेन्सी । स्लोभेनियाको राष्ट्रपतिमा नतासा पिर्क मुसार निर्वाचित भएकी छन् ।

आइतबार भएको निर्वाचनमा पूर्वविदेशमन्त्री आन्जे लोगरलाई पराजित गर्दै नतासा राष्ट्रपतिमा निर्वाचित भएकी हुन् । यससँगै उनी स्लोभेनियाको पहिलो महिला राष्ट्रपति बनेकी छन ।

मुसारले करिब ५४ प्रतिशत मत प्राप्त गरेकी थिइन् भने लोगरले ४६ प्रतिशतभन्दा बढी मत प्राप्त गरेको त्यहाँको निर्वाचन आयोगले जनाएको छ । करिब २० लाख जनसंख्यामा ४९ दशमलब ९ प्रतिशत मतदान भएको थियो ।

डोनाल्ड ट्रम्प राष्ट्रपति हुँदा अमेरिकी पूर्वप्रथम महिला मेलानिया ट्रम्पको हितको रक्षा गर्न मुसारलाई वकिलको रूपमा नियुक्त गरिएको थियो । नतासा मुसार पत्रकार तथा वकिल हुन् ।

प्रतिक्रिया दिनुहोस्