Logo
Logo

बैतडीकी ११३ वर्षीया मानमती भट्टले गरिन् मतदान



बैतडी । बैतडीको पाटन नगरपालिका–४ की ११३ वर्षीया मानमतीदेवी भट्टले मतदान गरेकी छन् ।

आइतबार प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचमा पाटन–४ कै उदयदेव आधारभुत विद्यालयमा रहेको मतदान केन्द्रबाट खसालेकी हुन् ।

अब आउने नायाँ चुनिने प्रतिनिधि र नयाँ बन्ने सरकारले समाज विकासको योजनालाई प्राथमिकतामा राख्नुपर्ने उनले सुनाइन् । ‘मैले देशको अवस्था र व्यवस्थाका लागि भएका घटनाक्रम नजिकेबाट देखेकी छु, अब देशमा स्थायीत्व होस, गरिवका दिन पनि आउन भन्ने चाहेकी छु,’ उनले भनिन् । जनताको दुःख बुझ्न सक्ने नेत्तृत्व चुनियोस् भन्ने चाहेको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्