Logo
Logo

गस्तीमा खटिएको सेनाको भ्यान दुर्घटना



नेपालगन्ज । बाँकेको कोहलपुरमा निर्वाचन सुरक्षामा खटिएको सेनाको पिकअप भ्यान दुर्घटना भएको छ । निर्वाचन सुरक्षा गस्तीको क्रममा प्रदेश–३–०१–००२ झ ५११२ नम्बरको भ्यान दुर्घटना भएको हो ।

सैनिक टोली सम्झना चोकबाट गस्ती गर्दै कोहलपुर–४ स्थित किरणमालामा पुगेपछि दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । सो दुर्घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्