Logo
Logo

मुस्ताङ प्रदेशसभा १ मा कांग्रेसका नाम्डु विजयी



पोखरा । मुस्ताङको प्रदेशसभा १ मा कांग्रेसका नाम्डु गुरुङ विजयी भएका छन् । निवर्तमान प्रदेश सांसद समेत रहेका गुरुङले १ हजार ४८ मत ल्याउँदा एमालेका इन्द्रधारा ड्याडु विष्टले ७ सय ९३ मतमात्रै पाए ।

१ हजार ८ सय ५५ मत खसेकोमा १४ मत बदर भएका छन् । प्रतिनिधिसभा सदस्यमा यसअघि नेपाली कांग्रेसका योगेश गौचन थकाली निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्