काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किंग्स र लुम्बिनी लायन्स आमने सामने हुँदै छन् । यस खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका हुन् । योसँगै विराटनगर किंग्सले पहिला ब्याटिङ गर्ने भएको छ ।

लुम्बिनी लायन्सले ६ खेलमा ९ अङ्कसहित प्लेअफमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ । आजको खेल जितेमा लुम्बिनी शीर्ष स्थानमा रहेर प्लेअफ खेल्ने छ ।
त्यस्तै विराटनगरको भने ६ खेलमा ६ अङ्क रहेको छ र प्लेअफका लागि यो खेल जित्नै पर्ने अवस्था रहेको छ । आजको खेलमा विराटनगर पराजित भएमा लुम्बिनीसहित सुदूरपश्चिम रोयल्स, काठमाडौँ गोर्खाज र चितवन राइनोज प्लेअफमा पुग्ने अवस्था छ । दुवै टिमको लिग चरणमा यो अन्तिम खेल रहेको छ ।


















