Logo
Logo

पर्वतमा एमालेका पदम गिरी निर्वाचित



पवर्त । एकमात्र निवार्चन क्षोत्र रहेको पर्वतमा नेकपा एमालेका उम्मेदवार पदम गिरी निर्वाचित भएका छन् ।

मंसिर ४ गते सम्मपन्न भएको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको मतगणनाको आज (बिहिबार) सर्वजनिक मतपरिणाम अनुसार गिरीले २९ हजार ८७२ मत प्राप्त गर्दै विजयी बनेका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका अर्जुन प्रसाद जोशीले २७ हजार ६०९ मत मात्र पाएका छन् । जोशीलाई एमालेका गिरीले २ हजार २६३ मतान्तरले पराजित गरेका हुन् ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जालबहादुर पुर्जा पुनले ४ हजार ८९ मत पाएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपकबहादुर मल्लले एक हजार ३१ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्