Logo
Logo

तेह्रथुममा सत्ता गठबन्धनका उम्मेदवार सीता गुरुङले लिइन् अग्रता



काठमाडौं । तेह्रथुम जिल्लामा नेपाली कांग्रेसकी उम्मेदवार सीता गुरूङले अग्रता लिएकी छन् । सत्ता गठबन्धनको साझा उम्मेदवार रहेकी गुरुङले अहिलेसम्म ६९९२ मत ल्याएकी छन् ।

यहाँ नेकपा एमालेका उम्मेदवार बिजय सुब्बा पछि परेका छन् । एमालेका सुब्बाले ६१८७ मत ल्याएका छन् । यस्तै, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका विष्णुकुमार चोङवाङले २३४ र राप्रपाका युवराम गौतमले १४४ मत ल्याएका छन् । मतगणना जारी छ ।

प्रतिक्रिया दिनुहोस्