Logo
Logo

सप्तरी-१ बाट जसपाका नवलकिशोर साह निर्वाचित



सप्तरी । सप्तरी निर्वाचन क्षेत्र–१ बाट जनता समाजवादी पार्टीका उम्‍मेदवार नवलकिशोर साह सुडी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

जनमत पार्टीका जयकान्त राउतलाई ३ हजार ५८२ मतान्तरले पराजित गर्दै उनी निर्वाचित भएका हुन् । सहले २३ हजार ५६४ मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धि जनमत पार्टीका राउतले १९ हजार ९८२ मत ल्याएका छन् ।

यस्तै नेपाली कांग्रेसका उम्मेदवार रामदेव साहले १४ हजार ३१२ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्