Logo
Logo

भारतमा दैनिक कोरोना सङ्क्रमितको सङ्ख्या २१५ मा झर्‍यो



एजेन्सी । भारतमा कोरोनाका दैनिक सङ्क्रमितको सङ्ख्या घटेको छ । सोमबार बिहान अर्थात अघिल्लो दिन दुई सय ९१ जना कोरोना सङ्क्रमित रहेकामा मंगलबार घटेर दुई सय १५ मा झरेको अधिकारीहरुले जानकारी दिएका छन ।

पछिल्लो २४ घण्टामा दुई सय १५ जना कोरोनाका नयाँ सङ्क्रमित भेटिएका र हाल भारतमा चार हजार नौ सय ८२ सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य मन्त्रालयले मंगलबार बिहान सार्वजनिक गरेको छ ।

देशमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणको कारण एक जनाको मृत्यु भएको छ । भारतमा कोरोनाको महामारीको सुरुवातदेखि हालसम्मको कुल मृत्युको सङ्ख्या ५ लाख ३० हजार छ सय १५ पुगेको मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म ४ करोड ४१ लाख ३६ हजार चार सय ७१ जना सफलतापूर्वक निको भएका मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्