Logo
Logo

अब कस्तो सरकार बन्ला ?


रमेश घिमिरे


प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक हुन केही दिन अझै लाग्नेछ । तर, प्रतिनिधिसभा कस्तो हुन्छ भन्ने छनक आइसकेको छ ।

नेपाली कांग्रेस, एमाले र माओवादी क्रमशः पहिलो, दोस्रो र तेस्रो दल बनेका छन् । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी र राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले थ्रेस होल्ड कटाए राष्ट्रिय पार्टीको मान्यता पाउने बाटोमा छन् । प्रत्यक्षतर्फ १० सिट प्राप्त गरेको माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० समानुपातिकतर्फ थ्रेस होल्ड राष्ट्रिय पार्टी बन्ने प्रयासमा छ ।

मंसिर ४ मा सम्पन्न निर्वाचनमार्फत कुनै पनि दलले प्रतिनिधिसभामा एकल बहुमतको सरकार बनाउन चाहिने संख्या प्राप्त गर्न सकेनन् । जोड, घटाउ, गुणा र भाग गरेर एकदमै पृथक विचार भएका र अलग दिशातर्फ फर्किएका दलहरू मिलेर सरकार बनाउने कसरत सुरु भइसकेको छ ।

सत्तारुढ गठबन्धनले आधारभूत रुपमा सरकार बनाउने संख्या प्राप्त गरिसकेको छ । केही तलमाथि भए नयाँ दलहरूलाई साथमा लिएर अघि बढ्न सक्छन् । सत्ता गठबन्धनमा तलमाथि भए फरक अभ्यास पनि हुनसक्छ । अहिलेको गठबन्धन फेरिन पनि सक्छ । राजनीतिक दलहरूमा सिद्धान्त छाडेर सत्तामात्रै बाँकी रहेको छ । यसपटकको मतपरिणामले प्रतिनिधिसभा ‘त्रिशंकु’ बनिसक्यो ।

मुलुकको स्थायित्व, स्थिरता र राष्ट्रिय स्वार्थमा यसले निकै ठूलो दुःखद् परिस्थिति निम्त्याउन सक्छ । राजनीतिक अस्थिरता मुलुकको हितको लागि सुखद् कुरा होइन । नेपाली राजनीतिमा नागरिकप्रति संवेदनहीनता र जवाफदेहिताको सर्वथा अभाव र भ्रष्टाचारमा लिप्त हुने परम्परा छ । नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रको ओरालो यात्राको मुख्य कारण यही हो ।

कुनै बेला मुलुक विघटनको सपनाका साथ ‘नेपाल आमा’लाई बोलेर, लेखेर तथा दुष्प्रचार गर्ने सीके राउत तराई मधेसको राजनीतिमा नयाँ राजनीतिक शक्तिको रूपमा उदय भएको छ । प्रतिनिधिसभामा उनी कसरी प्रस्तुत हुन्छन् रु प्रतिक्षाको विषय बनेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट पहिलोपल्ट प्रतिनिधिसभा प्रवेश गर्न लागेका सांसद प्रायः युवा नै छन् । उनीहरूमा मुलुकका लागि केही गरौँ भन्ने हुटहुटी छ । उनीहरूमध्ये केहीले पश्चिमा मुलुकमा रही, बसी ज्ञान, सीप तथा त्यहाँको मूल्यपद्धति हासिल गरेका छन् । त्यसलाई नेपाल राष्ट्र र समाजसापेक्ष रूपमा हेर्नु, बुझ्नु र मुलुकको समग्र हितमा प्रयोग गर्नु उनीहरूसमक्ष ठूलो चुनौती हो ।

नेपालको इतिहास, सभ्यता, संस्कृति र स्वतन्त्र अस्तित्वको परिवेश परिस्थिति र यथार्थबारे अध्ययन र मनन नगरी उनीहरू अगाडि बढे भने उनीहरूको विजय कुनै पनि रूपमा माओवादी र अतिवादी मधेस केन्द्रित दलहरूभन्दा फरक हुने छैन । किनभने, नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रलाई अहिलेको निर्वाचनमा नेपाली जनताले सरकार बनाउने मतादेश दिएका छैनन्, अर्थात् उनीहरूको राजनीति ओरालो लागेको छ ।

उपेन्द्र यादव, महन्थ ठाकुर र राजेन्द्र महतोको राजनीतिलाई तराई मधेसका जनताले अस्वीकृत गरेका छन् । कुनै बेला मुलुक विघटनको सपनाका साथ ‘नेपाल आमा’लाई बोलेर, लेखेर तथा दुष्प्रचार गर्ने सीके राउत तराई मधेसको राजनीतिमा नयाँ राजनीतिक शक्तिको रूपमा उदय भएको छ । प्रतिनिधिसभामा उनी कसरी प्रस्तुत हुन्छन् रु प्रतिक्षाको विषय बनेको छ ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन, आफ्नो नेतृत्वमा राजसंस्थालाई अभिभावकीय भूमिका र सनातनी वैदिक हिन्दू राष्ट्रको नारामा आफ्नो पार्टीलाई राष्ट्रिय पार्टी बनाउन समर्थ भएका छन् । गणतन्त्र र धर्मनिरपेक्षताको जगमा उभिएको वर्तमान संविधान र सदनमा उनले कस्तो भूमिका खेल्नेछन् त्यो भने प्रतिक्षाको विषय भएको छ ।

रास्वपा र राप्रपाले त यो चुनावमा मतक्रान्ति गरेर स्थापित दलहरूलाई किङ्मकर्तव्यमुढ बनाएका छन् । जनादेशको स्थापित मान्यता के हो भने हैसियत गुमाउनेले भन्दा हासिल गर्नेले सत्ता निर्माणमा अवसर पाउनुपर्छ । अर्थात् उनीहरूको भूमिका अस्वीकार गरिनु हुँदैन । नयाँ उदाएका दलहरूको भूमिका अस्वीकार गरियो भने स्थापित दलहरूले आफ्नो हैसियत नेपाली जनतासमक्ष झन् गुमाउने छन् ।

स्थापित दलहरूको यो गति हुनुमा उनीहरू आफैँ दोषी छन् । किनभने, उनीहरू सत्तामा रहँदा जनउत्तरदायी भएर काम न गर्नु, राष्ट्रिय ढुकुटीमा ब्रम्हलुट मच्चाउनु अनि भ्रष्टाचार गर्नका लागि जसरी पनि सत्तामा टाँसिइरहनु । अनि नेपाली जनताले फेरि उनीहरूलाई नै सत्तामा किन पु¥याउने रु भन्ने प्रश्न पनि उठेको छ ।

नेपाली जनताको यो भावना आंशिकरूपमा भए पनि यसपालि मतपत्रद्वारा प्रकट भएको छ । यसलाई उनीहरूले कसरी लिन्छन त्यो उनीहरूको कुरा हो ।

चुनाव परिणाम सार्वजनिक नहुँदै विदेशी शक्तिहरूले आफ्नो चलखेल प्रारम्भ गरेका छन् । त्यसको सुरुआत भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री देउवा र प्रचण्डसँग भेटेर प्रारम्भ गरेका छन् ।

मुलुक नयाँ सरकार गठनको प्रारम्भिक चरणमै रहेका बेला प्रधानमन्त्रीले विदेशी राजदूतसँग भेट्ने कुरा कदापि उचित मान्न सकिँदैन । सरकार गठन गर्ने नेपाली जनताको सार्वभौम अधिकारमा कहीँकतैबाट हस्तक्षेप स्वीकार्य हुँदैन । यसमा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरू सजग हुनु आवश्यक छ ।

अस्थिर सरकार मुलुकको हितका लागि घातक हुन्छ । तसर्थ अहिलेका तीन ठूला दल ९कांग्रेस, एमाले र माओवादी० मिलेर यसको निकास खोज्नु आवश्यक छ । मेरा गोरूको बाह्रै टक्का नभनी मुलुकलाई स्थिरता र समृद्धितर्फ लैजान नयाँ पुराना सबै दलहरू राष्ट्रहितका लागि मिलेर अगाडि बढ्नुको विकल्प यो आमचुनावको परिणामले दिएको छैन । यसलाई नै सरकार गठनको सूत्र मानिनु पर्दछ ।

प्रतिक्रिया दिनुहोस्