Logo
Logo

भारतको गुजरातमा आज विधानसभाको चुनाव


एजेन्सी

315
Shares

काठमाडौं । भारतको गुजरात विधानसभा चुनावको पहिलो चरणको बिहीबार भइरहेको छ । १८२ सदस्यीय विधानसभाको ८९ सिटका लागि पहिलो चरणमा ७८८ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

दोस्रो चरणको निर्वाचन डिसेम्बर ५ मा हुनेछ र नतिजा डिसेम्बर ८ मा घोषणा हुनेछ । चुनावअघि गुजरातको वांस्दामा गएराति भाजपाका एक उम्मेदवारमाथि अज्ञात व्यक्तिले आक्रमण गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

यसैबीच, प्रधानमन्त्री नरेन्द्र मोदीले निर्वाचनमा उल्लेख्य संख्यामा मतदाता सहभागी भएर निर्वाचनमा रेकर्ड कायम गर्न आह्वान गरेका छन् । उनले पत्रकारहरुसग भनेका छन्, ‘म आज मतदान गर्ने सबैलाई विशेषगरी पहिलो पटक मतदाताहरूलाई रेकर्ड संख्यामा आफ्नो मताधिकार प्रयोग गर्न आह्वान गर्दछु ।’

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000