Logo
Logo

एड्सको औषधि उपचारमा पहुँचका लागि चन्दा अभियान



एजेन्सी । नाइजेरियामा यहाँका एचआइभी सङ्क्रमितहरुको औषधि उपचारमा पहुँच पुर्‍याउनका लागि चन्दा संकलन अभियान सञ्चालन गरिएको छ । बिहीबार विश्व एड्स दिवसको अवसर पारेर यहाँको सरकारले नै अनलाइनबाट चन्दा संकलन अभियानको सुरुवात गरेको हो ।

सरकारले एचआइभीको उपचारका लागि आवश्यक रकम संकलनका लागि एचआइभी ट्रष्ट अनलाइन डोनेसन कार्यक्रमको सुरुवात गरेको हो । यहाँ एचाइभी सङ्क्रमण बढ्दै गएको तर पनि यसको औषधि उपचार महंगो भएकाले सरकारले आवश्यक मात्रामा बजेट व्यवस्था गर्न नसकेको गुनासो आएको थियो ।

सो गुनासोको सम्बोधन गर्दै एचआइभी एड्स सङ्क्रमितहरुको उपचारका लागि यो अनलाइन डोनेसन कार्यक्रम सञ्चालन गरिएको सरकारले बताएको छ ।अनलाइनमार्फत् रकम संकलन गर्ने गरी सुरुवात गरिएको सो कार्यक्रममा नागरिकहरुले पनि व्यक्तिगत रुपमा सहयोग उपलब्ध गराउन सक्नेछन् ।

नाइजेरियाको एचआइभी एड्स सङ्क्रमण नियन्त्रण तथा उपचार केन्द्रका निर्देशक ग्याम्बो एलिउले सो अभियानमा सहयोग उपलब्ध गराउन आग्रह गरे ।एचआइभी सङ्क्रमणमा परेका बालबालिकाका लागि सबै अभिभावकहरुले आफ्नै बालबालिका विरामी परेको भन्ने ठानेर सहयोग गर्न आग्रह गरे ।

एचआइभी एड्सको औषधि प्राप्त हुने गरेको भए पनि त्यो महंगो भएको यहाँको सरकारको भनाई छ । औषधि महंगो भएकाले उपचारमा सबै नागरिकको पहुँच पुग्न नसकेको हो । उनले नाइजेरिया सरकारले पनि सन् २०३० सम्ममा एड्सको सङ्क्रमणको अन्त्य गर्ने नीति लिएको भए पनि उपचारमा सहज पहुँच नहुँदा नागरिकले औषधि पाउन नसकेकाले यो अभियान सञ्चालन गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्